हेर्नुहोस् हृदयविदारक तस्विर – ५० केजीको भारी बोक्दा-बोक्दै मस्त निदाए यी बालक !

काठमाडौं । भदौको महिना, टन्टलापुर घाम, उकालो बाटो र ५० केजीको भारी । सोच्नुहोस् त कस्तो हुन्छ ? तपाई हामी मध्ये धेरैले यस्तो भोगेका छौं । धेरैले अहिले भोगिरहनु पनि भएकै होला ।

फर्कनुहोस् आफ्नो बाल्यकाल तिर । सम्झनुहोस् भदौको घाममा उकालो बाटोमा गह्रौं भारी बकेर तप तप पसिना चुहाएको । कति गाह्रो हुन्छ, जसले भोगेको छ । त्यसलाई राम्ररी थाहा छ ।

पहिलेको कुरा छोड्नुहोस् । सम्झनुहोस् अहिलेको समय । १२/१३ कलिलो उमेरमा स्कुल जाने, साथी भाईसँग खेल्ने, घर आउने होमवर्क गर्ने, सामान्य काममा बाबुआमालाई सघाउने यसरी नै दिनचर्या वित्छ र विताउँछन् यी उमेर समुहका नानी बाबुहरुले ।

तर, यी तस्विरमा देखिएका बालकको भाग्य कहाँ त्यस्तो छ र ? पढ्न, खेल्न, रमाउन यीनलाई पनि कसो मन नहोला र ? तर, ५० केजीको भारी बिसाएर टन्टलापुर घाममा निदाउन पुगेका छन् ।

ताप्लेजुङ स्थित कञ्चनजंघा वेसक्याप जाने बाटो (तापेथोक) नजिकै यी मस्त निदाइरहेका छन् । हरियो भेष्ट, कालो हाफ पाइन्ट, हरिया चप्पल ढुंगाको कापमा गुडुल्की परेर यी निदाएका छन् । उनको छेउमा सेतो बोरामा करिब ५० केजी जति कोदाको भारी छ ।

उनका हात खुट्टामा घाउनै घाउ छन् । उनी पहिरो खसिरहने ठाँउमा निदाएका छन् । यो तस्विर पत्रकार तथा कवि प्रकाश ढंगानाले खिचेका हुन् । उनले त्यो बालकलाई उठाएर केही सोधेनन् । केवल ती बालकलाई हेरे, तस्विर खिचे, मन अमिलो बनाए अनि हिँडे । त्यही कारणको उनको नाम, घर र उनी कहाँ जान लागेका हुन् थाहा छैन ।

हाम्रो देश वालश्रम मुक्त घोषणा गरिएको छ । शहरी क्षेत्रमा बालश्रमको नारा उछालिन्छ, तर कार्यान्वयन फितलो छ । दुरदराजका गाँउमा त ‘मुक्त बालश्रम’ के हो ? पत्तो छैन । यी जस्तै धेरै बालबालिका कडा शारिरिक काम गर्न बाध्य छन् । जसका कारण उनीहरुको बालअधिकार हनन भइरहेको छ । मिडिया एन पी ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।