रेणु दाहाल मेयरमा निर्वाचित भएको झण्डै एक महिनापछि…

चितवन । माओवादि केन्द्रकी नेतृ रेणु दाहाल मेयरमा निर्वाचित भएको झण्डै एक महिनापछि महानगरपालिकाको कार्यपालिका गठन हुने भएको छ । महानगरपालिकाको नगरकार्यपालिका गठनका लागि भदौ ३० गते मतदान हुने भएको छ ।

सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरे ३० गते नगरकार्यपालिका गठनका लागि निर्वाचन हुन लागेको जानकारी दिँदै उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै हुने जानकारी दिए । उनका अनुसार, २५ गते निर्वाचन चिह्न प्रकाशन गर्ने र भदौ ३० गते मतदान गर्ने कार्यतालिका तय भएको छ ।

नगरकार्यपालिकाका लागि भरतपुर महानगरमा चुनावी गठबन्धन गरेका कांग्रेस र माओवादी केन्द्रले पुनः गठबन्धन गरेका छन् । नगर कार्यपालिकाका गठन गर्न आठ पदका लागि निर्वाचन हुन लागेको हो ।

गठबन्धन अनुसार नेपाली कांग्रेसले पाँच र माओवादीले तीन पदमा सहमति गरेका छन् । महिला र दलित वा अल्पसंख्यक पदका लागि निर्वाचन गर्न लागिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए । ५ महिला पदमा कांग्रेसले ४ र माओवादीले १ तथा दलित तथा अल्पसंख्यकतर्फ कांग्रेसले १ र माओवादीले २ पद लिने भएका छन् । नगर कार्यपालिकाका लागि बिहीबार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए । कूल १४७ मतदाता रहेको भरतपुरको नगरकार्यपालिकाको निर्वाचनमा सबैभन्दा बढी एमालेका मतदाता रहेका छन् । एमालेको ७०, कांग्रेसको ६९ र माओवादीको जम्मा ८ मत रहेको छ । कुल २९ वडामा एमालेले १४, कांग्रेसले १२ र माओवादीले ३ वडा अध्यक्ष पद जितेका थिए । गठबन्धनबाट मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी भएकी थिइन् ।

३९ सदस्यीय नगर कार्यपालिका गठनका लागि आवश्यक ८ जनाका लागि चुनाव हुन लागेको हो । मेयर र उपमेयर, २९ वडाकै वडाअध्यक्ष र ८ जना गरी कूल ३९ जनाको नगर कार्यपालिका रहने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖