एमाले मधेश विरोधी दलको रुपमा स्थापित भइसकेछ, मधेशका जनताले एमालेलाई मन पराएनन् : प्रचण्ड

काठमाण्डौ, भदौ २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको अहिलेको गठबन्धन दीकर्घकालिन बनाउने बताएका छन् । प्रदेश नम्बर २ को स्थानीय तहको चुनावको प्रचारप्रसारका लागि प्रदेश नम्बर २ मा रहेका अध्यक्ष दाहालले दुई पार्टीबिचको सम्बन्ध मजबुत बन्दै गएको बताए ।

ऋषि धमलासँग विशेष कुराकानी गर्दै अध्यक्ष दाहालले भनेका छन्, “यसपटक सोचे अनुसार चुनावी तालमेल हुन सकेन । तर राष्ट्रको आवश्यकता अनुसार कांग्रेससँगको गठबन्धन अझै लम्ब्याउनु जरुरी छ ।”

प्रदेश नम्बर २ को चुनावमा कांग्रेसभित्रको आन्तरिक द्धन्द्धले दुई दलबिचको तालमेल प्रभावित भएको दाहालले बताएका छन् ।
पहिलेदेखि नै मधेशविरोधी अभिव्यक्ति दिदै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण मधेशका जनता एमालेप्रति रुष्ट भएको अध्यक्ष दाहालको भनाई छ ।

दाहालले भने, “एमाले मधेश विरोधी दलको रुपमा स्थापित भइसक्यो । मधेशका जनताले एमालेलाई मन पराएनन् ।”

संविधान संशोधनमा सहयोग नगर्नु एमालेको गल्ती भएको दाहालले टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा संविधान संशोधनका विषयमा बोलेको कुराको बचाउ गर्दै दाहालले संविधान संशोधनको विरुद्धमा कोही पनि जान नहुने बताएका छन् ।

भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान संशोधनका विषयमा चासो राखेकाले प्रधानमन्त्री देउवाले संविधान संशोधनको मुद्दा निरन्तर अगाडि बढ्ने बताएकोसमेत दाहालले खुलासा गरे । रिपोर्टर्सनेपालबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।