धनकुटा बहुमुखी क्याम्पसका बिध्यार्थीद्वारा बुढिमोरङ्ग स्थित माविमा अतिरिक्त क्रियाकलाप सञ्चालन

धनकुटा खबर,२४ भाद्र । धनकुटाको सागुरीगढी गाउँपालिका वडा न.२ बुढिमोरङ्गमा रहेको रामनवमि माविमा आज विद्यार्थीहरुका लागी विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ । धनकुटा वहुमुखि क्याम्पस अभ्यास शिक्षण समुहको आयोजनामा विद्यार्थीहरुका लागी विस्कुट दौड,हाजिरिजवाफ तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

वि.एड तेश्रो वर्षमा अध्ययनरत अभ्यास शिक्षण समुहले सञ्चालन गरेको अतिरिक्त क्रियाकलाप अन्र्तगत कक्षा १ देखि ५ सम्मका विद्यार्थी विच भएको विस्कुट दौड प्रतियोगितामा कक्षा ५ का सुस्मिता परियार प्रथम,प्रिङ्गका लिम्वु द्धितिय र कक्षा ४ का अरुणा लिम्वु तृतिय हुनुभएको छ ।

यसैगरि कक्षा ६ देखि १२ सम्मका विद्यार्थीका लागी सञ्चालन गरिएको हाजिरिजवाफ प्रतियोगितामा सोनम लिम्वुको समुह प्रथम,अर्जुन तामाङ्गको समुह द्धितिय र बावुराम घिमिरेको समुह तृतिय हुनुभएको विद्यालयका शिक्षक गिता चेम्जोङ्गले वताउनुभयो । यसैगरि नृत्यतर्फ प्रतिमा लिम्वु प्रथम,कृतिका लिम्वु द्धितिय र लक्ष्मी लिम्बु तृतिय हुनुभएको छ ।

अभ्यास शिक्षण समुहका टिम लिडर मिलनकुमार वास्तोलाको अध्यक्षतामा भएको प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई वडा अध्यक्ष दलवहादुर ईङ्गनाम,विद्यालयका प्रध्यानाध्यापक रमेश ईवाहाङ्ग,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रवहादुर ईङ्गनाम लगायतले पुरस्कार वितरण गर्नुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।