गुल्मीमा निर्वाचित कांग्रेसका वडा सदस्य विस्फोटक पदार्थ सहित पक्राउ

गुल्मी, २५ भदौ । गुल्मीमा कांग्रेसका निर्वाचित वडा सदस्य विस्फोटक पदार्थ सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले रेसुङ्गा नगरपालिका वडा नं-८ का तारा श्रीसलाई पक्राउ गरेको हो । उनी कांग्रेसका तर्फबाट रेसुङ्गा नगरपालिका वडा न -८ का निर्वाचित वडा सदस्य भएको प्रहरीले पुष्टि गरेको छ ।

श्रीसको साथबाट ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतती बम, एक किलोग्राम बारुद र सेफ्टिफ्युज लगायतका अबैध बिस्फोटक पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए ।

श्रीस लु. ३२ प ६६०३ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरीले रेसुंगा नगरपालिका-२ को प्रहरी चेकप्वाइन्टमा चेकजाँज गरेको थियो ।

उक्त चेकजाँचका क्रममा विस्फोटक पदार्थ फेला परेको प्रहरीको भनाई छ । बिस्फोटक पदार्थ सहित श्रीसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत विवरण थप अनुसन्धान पछि खुल्ने प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖