१७ वर्ष देखिको धनकुटा र पाचँथर वन उपभोक्ता समुह बीचको सिमा विवाद यसरी सुल्झदै
सिमा विवाद सम्वन्धिको द्धन्द्ध रुपान्तरण प्रक्रिया अन्तरगत साझाँ विकल्प पारितका लागी संयुक्त वैठक सम्पन्न
धनकुटा खबर, २५ भाद्र । धनकुटाको चौविसे गाउँपालिका वडा न.२ मुढेबासमा रहेको गंगामुखि सामुदायिक वन उपभोक्ता समुह र पाचँथरको मिक्लाजुङ्ग गाउँपालिका वडा न.८ मा रहेको तारेढुङ्गा सामुदायिक उपभोक्ता समुह विचको सिमा विवाद सम्वन्धिको द्धन्द्ध रुपान्तरण प्रक्रिया अन्र्तगत आज साझाँ विकल्प पारितका लागी संयुक्त वैठक सम्पन्न भएको छ ।
विगत १७ वर्षदेखि दुई जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समुह विच सिमा विवाद भएपछि द्धन्द रुपान्तरण प्रक्रिया अन्र्तगत द्धन्दमा संलग्न पक्ष, उपभोक्ता, सरोकारवाला पक्ष, ईलाका वन कार्यालय रवि पाचथर र छ नं. वुधवारे ईलाका वन कार्यालय धनकुटाका प्रतिनिधिको उपस्थितीमा संयुक्त वैँठक सम्पन्न भएको हो ।
संयुक्त वैठकवाट पाँचथर जिल्ला मिक्लाजुङ्ग गाउँपालिका वडा न.८ स्थित तारेढुङ्गा सामुदायिक वन र धनकुटाको चौविसे गाउँपालिका वडा न.२ मुढेवास स्थित गंगामुखि सामुदायिक वनको जिल्लागत रुपमा सिमाना एकिन गरी विधान कार्ययोजना संसोधन गर्ने, दुई जिल्ला विच कायम गरिएको सामुदायिक वनको सिमानामा अग्नी रेखा र पिल्लर निमार्ण गर्ने, दुवै सामुदाियक वन उपभोक्तालाई प्राकृतिक प्रकोप तथा विपत परेमा विधान कार्ययोजना अनुरुप वन पैदावर उपलब्ध गराउने लगायतका विकल्पहरु परित गरिएको छ ।
स्थानिय वुद्धिजिवी उपभोक्ता डिल्ली मगरको अध्यक्षतामा तथा चौविसे गाउँपाकिला वडा न.२ का वडा सदस्य शोभा लिम्वुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वैठकमा प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण कार्यक्रमको वारेमा प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण कार्यक्रम धनकुटाका राष्ट्रिय श्रोत व्यक्ति भोजवहादुर विश्वकर्माले जानकारी गराउनुभएको थियो । वैठकको सञ्चालन स्थानिय सहजकर्ता मेघराज खड्काले गर्नुभएको थियो ।
एक वर्षको अन्तरालमा द्धन्द्ध रुपान्तरण अन्र्तगत विभिन्न चरणपार गर्दै संवाद र छलफलको माध्यमवाट द्धन्द्ध रुपान्तरण प्रक्रिया अगाडि वढिरहेको वताईएको छ । साथै संयुक्त वैठकवाट सहमति भएका वुद्धाहरु कार्यान्वयनका लागी तिन सदस्यि समिति समेत आजै गठन गरिएको छ ।


