धनकुटाको पाख्रीबासमा बन्यो यस्तो पार्क उद्यान घर (फोटो फिचर सहित)
पाख्रीवास नगरपालिका वडा नं ३ स्थितको जौटार सामुदायीक वनमा निर्माण गरिएको पार्क उद्यान घरको उद्घाटन
धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ३ स्थितको जौटार सामुदायीक वनमा निर्माण गरिएको पार्क उद्यान घरको आज उद्घाटन गरिएको छ । जौटार सामुदायीक वन उपभोक्ता समितिक अध्यक्ष धन वहादुर महतको अध्यक्षता तथा जिल्ला समन्वय समितिका संयोजक टंक चौहानको प्रमुख आतिथ्यमा सञ्चालित भव्य कार्यक्रमको वीच पार्क उद्यान घरको उद्घाटन गरिएको हो ।

पार्क उद्यान घरको जिल्ला समन्वय समितिका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि चौहानले रिवन काटी उद्घाटन गर्नुभयो । पार्क उद्यान घरको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै समन्वय समितिका संयोजक चौहानले यो वनलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न आफ्नो तर्फवाट सक्दो पहल गर्ने वताउनुभयो । उहाँले यो सामुदायीक वनलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सके पाख्रीवास नगरपालिकावासीलाई मात्र नभई समग्र धनककुटा जिल्लाकै विकासमा सहयोग पुग्ने वताउनुहुदै यसको विकासमा जुट्न सम्वन्धित सवैलाई सुझाव पनि दिनुभयो ।

त्यस्तै गरी पाख्रीवास नगरपालिका की उपमेयर देवकला तिम्सिनाले यो सामुदायीक वनलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पाख्रीवास नगरपालिका शतप्रतिशत प्रतिवद्ध रहेको वताउदै यसमा सवैको सहयोगको अपेक्षा गरेको वताउनुभयो ।

यता धनकुटा नगरपालिकाका उपमेयर सकुन्तला वस्नेतले द्धन्दकालमा भएका विभिन्न विध्वंसात्मक गतिविधिको स्मरण गर्दै त्यस्ता कार्यले देश विकासको क्रम पछि परेको वताउनुभयो । उहाँले अव स्थानीय जनप्रतिनीधिहरुले यस्ता सम्भवित ठाउँहरुको विकासमा ध्यान दिन जरुरी रहेको धारणा राख्नुभयो । कार्यक्रममा वोल्दै पूर्व जिविस सभापति धर्मराज पौडेलले स्थानीय आवश्यक्ताका कुराहरुलाई ध्यानमा राख्दै यो सामुदायीक वनमा निर्माण गरिने पूर्वाधरहरु निर्माण गर्न सकियो भने फाईदा हुने वताउनुभयो ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले सो वन क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गरिरहदाँ सवै भन्दा पहिला सडक मजवुद वनाउन सुझाव दिनुभयो । पार्क उद्यान घर जिल्ला वन कार्यलयवाट प्राप्त ८ लाखको आर्थिक लगानी र उपभोक्ता समितिको पहलमा निर्माण गरिएको हो । यो सामुदायीक वनमा यसै आर्थिक वर्षमा मिनि जु निर्माण गर्ने र २५ प्रजातीका लालीगुरास फुलको विरुवा रोप्ने योजना रहेको पनि कार्यक्रममा जानकारी दिईएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य जौटार सामुदायीक वन उपभोक्ता समितिका उपाध्यक्ष वीर वहादुर तितुङ्गले राख्नुभएको थियो भने सञ्चालन सचिव फूर्वा घिसिङ्ग तामाङ्गले गर्नुभएको थियो । यो सामुदायीक वन उत्तीस,गोब्रे सल्ला,खोटे सल्ला लगायतका वोटविरुवा रहेको यो सामुदायीक वन २९.६४ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।


