डा. चिन्तामणि योगी भन्छन,- यौन सम्पर्कमा पनि धर्म हुनुपर्दछ (भिडियो सहित)

डा. चिन्तामणि योगी
दर्र्शनशास्त्री एवं अध्यक्ष, नेपाल हिन्दु पीठ
चिन्तामणि योगी गुरुजीमा संस्कृति, धर्म, प्रवचन अध्ययन अध्यापनका साथै दर्शनमा विशेष दख्खल रहेको छ । प्रखर वक्ताको रुपमा उनी देश विदेशमा गएर हिन्दू धर्मलाई जीवनपर्यन्त बनाउन लागिपरिरहेका छन् । आफ्नो नामले नै सबैसँग माया गर्ने, सबैसँग रमाउने भन्ने सन्देश दिने उनको तर्क छ । उनी यो समाजलाई योगदान दिन आफूले विवाह नगरी बसेको सगर्व बताउँछन् । तर, यो उमेरमा आफूलाई एक्लो जीवन बिताउन परेकोमा उनी दुखित पनि छन् । तर उनी समाजमा विवाह गरेर बसेका मानिसहरु पनि सुख र शान्तिले बस्न नसकेको देखेकाले चित्त बुझाउँछन् । अविवाहित रहनु र ब्रम्हाचार्य रहनुमा फरक देख्ने योगी चिन्तामणि यौन सम्पर्कमा पनि धर्म हुनुपर्दछ भनेर भन्दछन् । उनी भन्छन्, ‘धर्मलाई जगमा राखेर सेक्स गर्दा मात्र मोक्ष प्राप्त गर्न सकिन्छ, यस्तो सेक्सले मात्र मानिसले जीवनको उत्तरार्धमा पछुताउनु पर्दैन । अन्यथा मानिसको जीवन सफल हुँदैन ।’भर्खरै भारतमा एकजना धर्मभिरुबाबा रामरहिम जसले सच्चा सौदा डेरा नामक धार्मिक अनुष्ठान खोलेका थिए । उनका लाखौँ अनुयायीहरु पनि छन् । तर उनलाई हरियाणा अदालतले भर्खरैमात्र १५ वर्षअघि एकजना महिलालाई बलात्कार गरेको अभियोगमा जेलसजाय सुनाएको छ । उनी अहिले काराबासको जीवन बिताइरहेका छन् । यस्तै कर्तुत आशारामले पनि गरेका थिए । योगी चिन्तामणि उनीहरुलाई धार्मिक व्यक्ति नभई धर्मको व्यापार गर्ने व्यापारीको संज्ञा दिन्छन् । उनी भन्छन्, ‘उनीहरु धार्मिक त बने, तर आध्यात्मिक बन्न सकेनन् । आध्यात्मिकता भनेको नैतिकता पनि हो । तर ती व्यक्ति न त धार्मिक नै हुन् न त आध्यात्मिक नै । ती त आडम्वरका व्यनपारी हुन्, त्यसैले सबै जना उनीहरुको चलाखीबाट बच्नु पर्छ ।’बेद, गीता जस्ता हिन्दू धर्मका ग्रन्थहरुमा अनेकौं विज्ञान छ, जीवन छ, चिन्तन छ, त्यसको तुलनामा बाइबल तथा कुरानहरु एकछेउ पनि छैनन् । बाईबल र कुरानहरु केवल आचारसंहितामात्र हुन् । उनी भन्छन्, ‘हाम्रा धर्मग्रन्थहरुसँग कसैको पनि तुलना गर्न मिल्दैन । धर्म प्रचार गर्न पाइन्छ तर धर्म परिवर्तन गर्न पाइँदैन । त्यसैले धर्म परिवर्तन गर्दै हिड्नेहरु अवसरवादीमात्र हुन् । ती धर्म व्यापारीमात्र हुन् । आफ्नो मुलुक, आफ्नो माटो, आफ्नो इतिहास किर्सेर अरुको भुगोलको इतिहासलाई शिरोधार्य गरेर कोही कसैको भलो हुँदैन ।’

– सौजन्य : नेपाल आज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।