घरघरमै सामाजिक सुरक्षा भत्ता !
धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ का वृद्धवृद्धा, अशक्त तथा अपाङ्ग व्यक्तिले घरघरमै सामाजिक सूरक्षा भत्ता थापेका छन् ।

फाइल तस्बीर
४ नं वडा का वडाध्यक्ष सहितका अन्य जनप्रतिनीधिहरुले त्यहाँका १ सय २२ जनालाई घरघरमै पुगी सामाजिक सूरक्षा भत्ता वितरण गरेका हुन् ।
भत्ता वितरणका लागि ४ नं वडाका अध्यक्ष शोति निरौला सहित अन्य जनप्रतिनीधिहरुको सक्रिय सहभागीता थियो । वाँकी रहेकाहरुलाई भोलि वितरण गरिने अध्यक्ष निरौलाले वताउनुभयो ।


