अर्घाखाँचीमा बस दुर्घटना हुँदा २ को मृत्यु, गम्भीर घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

अर्घाखाँची, असोज २० । अर्घाखाँचीको डाँडाकटेरीदेखि बुटवल जाँदै गरेको एक यात्रीबहाक बस शुक्रबार अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–३ सापडाँडामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मालारानी–३ का ९ वर्षीय अभियान आचार्य र गुल्मी, धुरकोट–१ की ३५ वर्षीया सुन्तली विक छन् ।

लु१ख ७५१८ नम्बरको बस दुर्घटनामा करिब ४० जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ । सामान्य घाइते ३५ जनालाई उपचारका लागि बुटवल पठाइएको छ ।

गाडी चालक गोकुल विक भने सकुशल रहेका छन् । ३५ सिट क्षमताको बसमा ७० जना यात्री सवार रहेको जनाइएको छ ।

बसमा सवार केही यात्री सकुशल छन् भने केहीको अर्घाखाँची जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

गाडी सडकबाट करिब १०० मिटर तल खसेको थियो ।


– अर्जुन भुसाल / इमेज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖