एरिना म्युजिक भिडियो अवार्ड सम्पन्न: पल साहसंगै उत्कृष्ट बने रामकृष्ण ढकाल (भिडियो सहित)

इटहरी, फागुन–८ । पुर्वाञ्चलमा पहिलो पटक आयोजित ‘‘रमपम एरिना म्युजिक भिडियो अवार्ड २०७३” शुक्रबार इटहरी स्थित ओसियन पार्कमा भव्यताका साथ सम्पन्न भएको छ ।

विशिष्ट व्यक्तित्व र अतिथिको उपस्थितिमा एरिना टेलिजिनद्वारा आयोजित अवार्ड कार्यक्रममा लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट एल पी. जोशीलाई सम्मान गरिएको थियो । एरिना टेलिभिजनका प्रबन्ध निर्देशक तथा कार्यक्रमका अध्यक्ष समिर कार्कीको संयोजकत्वमा आयोजना गरिएको सो अवार्ड कार्यक्रममा उत्कृष्ट छायाकारको अवार्ड “नभेटी नभेटी” गीतबाट हरि हुमागाईलाई प्रदान गरिएको थियो । त्यसैगरि उत्कृष्ट पुरुष गायन आधुनिक विधातर्फको पाच जना प्रतिस्पर्धिलाई पछि पार्दै गायक रामकृष्ण ढकालले “धारिलो रहेछ माया” गीतबाट अवार्ड जितेका छन् । उता उत्कृष्ट पप गायक महिला तर्फ भने प्राश्ना शाक्यले हासिल गरिन भने उत्कृष्ट निर्देशक अवार्ड बिभोर पोख्रेलले जितेका छन् । त्यसैगरि बसन्त सापकोटाले उत्कृष्ट संगीतकार आधुनिक विधाबाट अवार्ड हासिल गरिरहदा नव गायकको अवार्ड रबि मल्लले हासिल गरेका छन् ।

यसैगरि टेकेन्द्र शाहले उत्कृष्ट सम्पादक र अन्जु गौतमले पुर्वेली लोक गीतबाट अवार्ड हासिल गरेकि छन् । उत्कृष्ट पुरुष मोडलको अवार्ड भने पल शाहले आफनो पोल्टामा पार्न सफल भए भने महिला मोडल तर्फ सुप्रिय कटुवालले अवार्ड उचालेकि छन् । आधुनिक पप महिला गायन तर्फको अवार्ड मिलन अमात्यले, पप गायकतर्फ विजय लामाले “रिन काटी रुमाल” गीतबाट अवार्ड जितेका छन् । यसैगरि उत्कृष्ट म्युजिक भिडियो तर्फको विधामा नितिन थापाले र उत्कृष्ट गीतकारको अवार्ड भरत बाबु के.सीले हासिल गरेका छन् । कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष रहेका समिर कार्किले कार्यक्रम भव्य र सभ्य रुपमा सफल भएको घोषण गरेका छन् । पुर्वाञ्चलमै पहिलो पटक रमपम एरिना म्युजिक भिडियो अवार्ड २०७३ गर्न सफल भएको भन्दै उनले अगामि दिनमा यस्ता कार्यक्रमहरु आयोजन गर्दै जाने पनि बताएका छन् ।
हेर्नुस भिडियो :

https://youtu.be/25rjrGbE7Y4



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।