धरानमा दुईदिने ‘धरान फिल्म फेस्टिभल २०२६’ आयोजना हुने

हिराराज राई, धनकुटा । नेपाली सिनेमा क्षेत्रको प्रवर्द्धन, सिनेमा संस्कृतिको विकास तथा सिर्जनात्मक प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘धरान फिल्म फेस्टिभल (DFF) २०२६’ आयोजना हुने भएको छ।

फेस्टिभल आगामी २०८३ साल मंसिर २७ र २८ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) को अडिटोरियम हलमा सञ्चालन हुनेछ।

आयोजकका अनुसार दुईदिने फेस्टिभलमा नेपाली सिनेमाको विकास, प्रवर्द्धन तथा चलचित्रकर्मीबीच अनुभव आदानप्रदान गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा निर्माता, निर्देशक, कलाकार, प्राविधिक, सिनेमाप्रेमी तथा नयाँ पुस्ताका सिर्जनशील प्रतिभालाई एउटै मञ्चमा ल्याई नेपाली चलचित्र क्षेत्रसँग जोड्ने लक्ष्य लिइएको छ।

फेस्टिभलले नेपाली चलचित्र उद्योगको विकासमा टेवा पुर्‍याउनुका साथै धरानलाई कला, संस्कृति र सिनेमा गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।

धरानमा पहिलोपटक आयोजना हुन लागेको यस सिनेमा महोत्सवप्रति चलचित्रकर्मी तथा सिनेमाप्रेमीहरूको चासो बढ्दै गएको छ। कार्यक्रममा चलचित्रकर्मी, कलाकार तथा दर्शकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖