झापामा फोटो स्टुडियो सञ्चालक ४३ वर्षीय योगेन्द्र खतिवडा मृत फेला
झापा। झापाको कन्काई नगरपालिका–३ मा एक फोटो स्टुडियो सञ्चालक मृत अवस्थामा फेला परेका छन्।
मृत्यु हुनेमा ४३ वर्षीय योगेन्द्र खतिवडा रहेका छन्। उनी स्थानीय क्षेत्रमा ‘यशु खतिवडा’ नामले समेत परिचित थिए।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काका अनुसार खतिवडा आफ्नै घरको दोस्रो तलामा रहेको भेन्टिलेसनमा सलको पासो लगाएको अवस्थामा मृत फेला परेका हुन्।
घरको ढोका नखुलेपछि परिवारका सदस्य र छिमेकीले ढोका फुटाएर हेर्दा उनलाई मृत अवस्थामा फेला पारेका थिए। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।
उनको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको एसपी खड्काले जानकारी दिइन्।
घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


