आजको मौसमः देशका अधिकांस भागमा हल्का पानी पर्ने
काठमाडौं, २९ कात्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।
दिउँसो देशको हिमाली भू-भाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ र बाँकी भू-भागमा आंशिक बदली हुनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।
राति भने देशको हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने कोशी प्रदेश लगायत देशका अन्य पहाडी भू-भागमा आंशिक बदली हुनेछ। तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ। देशका हिमाली भू-भाग तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना कायमै रहनेछ।
साथै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकोले सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन अनुरोध गरिन्छ।


