सुनसरीबाट लागूऔषध सहित चार जना पक्राउ
विराटनगर । सुनसरीका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।
कात्तिक २७ गते प्रहरीले कोशी गाउँपालिका–१ लौकहीबाट धरान–१ का २५ वर्षीय अमर दर्जीलाई ५ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
त्यस्तै, भन्टाबारी प्रहरीले उदयपुरको चौदण्डीगढी–३ का २९ वर्षीय हेमकुमार विकलाई ६० ट्याब्लेट नाइट्राजेपामसहित पक्राउ गरेको छ ।
यसैगरी, अस्थायी प्रहरी चौकी जनताबासीले इटहरी–५ का २२ वर्षीय अविनाश शंकर र ४० वर्षीय रजन शंकरलाई २७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


