मोरङ र झापाबाट विभिन्न मुद्दाका २४ फरार प्रतिवादी पक्राउ
विराटनगर । अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका २४ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार कात्तिक २७ गते विशेष सुरक्षा योजनाअन्तर्गत सञ्चालन गरिएको खोजतलासका क्रममा मोरङबाट २२ जना र झापाबाट दुई जना पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूबाट १५ वर्ष ३ महिना ७ दिन कैद सजाय कार्यान्वयन गरिनुका साथै १७ हजार ९ सय १७ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई कैद भुक्तानका लागि कारागार पठाइएको छ ।


