बुढीमोरङमा ‘नवौँ साँगुरीगढी सांगीतिक कार्यक्रम–२०८३’ भव्य रूपमा सम्पन्न
हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङस्थित माङदाङवा फुटबल क्लबको आयोजनामा ‘नवौँ साँगुरीगढी बुढीमोरङ सांगीतिक कार्यक्रम–२०८३’ कार्तिक १७ गते मंगलबार भव्य रूपमा सम्पन्न भएको छ।
राम नवमी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा चर्चित गायक राजेश पायल राई, पदम राईसँगै हसन राईले पनि आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए। त्यसैगरी, द्रव्य ब्याण्डको सांगीतिक प्रस्तुति, हाम्रो डान्स सेन्टर धनकुटा–१, हिलेको आकर्षक नृत्य तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति पनि रहेको थियो। कार्यक्रमको सञ्चालन मेरिना तुम्सा लिम्बूले गरेकी थिइन्।
कार्यक्रमका मुख्य प्रायोजक Max Tiger Energy Drink, सह-प्रायोजक Tuborg Beer र Cups and Mugs Cafe धरान–१५ रहेका थिए। सोही अवसरमा Anee Sports Clothing Brand का प्रोप्राइटर सन्तोष थोप्रा लिम्बूले माङदाङवा फुटबल क्लबलाई १८ सेट जर्सी सहयोग गरेका थिए। उक्त जर्सी गायक पदम राईमार्फत कार्यक्रममा क्लबलाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रमको मुख्य सहयोगी संस्था साँगुरीगढी गाउँपालिका २ नम्बर वडा कार्यालय बुढीमोरङ रहेको थियो भने विशेष सहयोग साँगुरीगढी गाउँपालिकाको कार्यालय भेडेटार धनकुटाले गरेको थियो। कार्यक्रमको साउन्ड पार्टनर सुन्दर साउन्ड सर्भिस रहेको थियो।
आयोजक माङदाङवा फुटबल क्लबका अनुसार साँगुरीगढी क्षेत्रको कला, संस्कृति तथा पर्यटनको प्रवर्द्धन गर्नुका साथै स्थानीय खेलकुद गतिविधिलाई टेवा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।


