श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगञ्जबाट पक्राउ

रौतहट ,१९ कार्तिक। घरायसी विवादका क्रममा आफ्नै श्रीमतीमाथि धारिलो हतियार छुरा प्रहार गरी फरार भएका एक युवकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जिल्लाको फेटा गाउँपालिका–७, जोतपुर गमरिया निवासी २८ वर्षीय अलियास अंसारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गत मंगलबार बिहान करिब १०ः३० बजे जितपुरसिमरा उपमहानगरपालिका–२०, कञ्चनपुरस्थित माइतीघर नजिकै रहेको आँपबगैँचामा बोलाएर कुराकानी गर्ने क्रममा अंसारीले आफ्नी २५ वर्षीया श्रीमती गुल्सान अंसारीमाथि छुरा प्रहार गरेका थिए ।

घरायसी विवादका कारण भएको भनिएको घटनामा उनले श्रीमतीको पेटलगायत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घटनापछि उनी फरार भएका थिए ।

गम्भीर घाइते गुल्सानलाई सुरुमा उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि वीरगञ्ज हेल्थकेयर अस्पताल पुर्‍याई शल्यक्रिया गरिएको र हाल आईसीयूमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका श्रीमान अंसारीलाई बिहीबार दिउँसो करिब १ बजे अस्थायी प्रहरी पोस्ट इनर्वासिराबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज बसपार्कस्थित एक होटलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका अंसारीमाथि इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता मिनबहादुर घलेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖