धनकुटामा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु, दुई जना घाइते

धनकुटा — धनकुटा नगरपालिका–१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा ट्रक र दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बिहीबार (कात्तिक १९) साँझ करिब ५ बजे हिलेबाट धनकुटातर्फ आउँदै गरेको प्र.नं. १–०२–००२ ख ०४७४ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको को १० प ९६८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

दुर्घटनापछि विपरीत दिशाबाट आउँदै गरेको को ३८ प ३०६८ नम्बरको अर्को मोटरसाइकलसमेत दुर्घटनामा परेको थियो।

दुर्घटनामा को १० प ९६८ नम्बरको मोटरसाइकलमा सवार धनकुटा नगरपालिका–१ निगालेकी करिब ५०/५२ वर्षीया ठोमा देवी ठकुरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही मोटरसाइकलका चालक धनकुटा नगरपालिका–३ निगालेका करिब ५३ वर्षीय गुणराज ठकुरी गम्भीर घाइते भएका छन्। उनलाई उद्धार गरी जिल्ला अस्पताल धनकुटा पठाइएको छ।

त्यस्तै, अर्को मोटरसाइकलका चालक मोरङको विराटनगर महानगरपालिका–१ निवासी २० वर्षीय रोशन तामाङ सामान्य घाइते भएका छन्। उनको पनि जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमान्डमा २५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले ट्रक चालक सुनसरीको धरान उपमहानगरपालिका–२० निवासी ३८ वर्षीय चाङबहादुर तामाङ, ट्रक तथा दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ। मृतकको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖