विराटनगरमा ब्राउन सुगर सहित होटल सञ्चालक पक्राउ
विराटनगर, कात्तिक १९ । मोरङको विराटनगर महानगरपालिका–१२ रोडशेषस्थित एक होटलबाट लागूऔषध ब्राउन सुगरसहित सञ्चालक पक्राउ परेका छन्।
कात्तिक १८ गते विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले वीरेन्द्र होटल एन्ड लजमा खानतलासी गरेको थियो। सो क्रममा होटलको काउन्टरनजिक कालो प्लास्टिकको झोलामा लुकाएर राखिएको ४८ ग्राम ५ मिलिग्राम ब्राउन सुगर र एक थान डिजिटल तराजु बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले होटल सञ्चालक विराटनगर महानगरपालिका–११ का ३५ वर्षीय निकु सिंहलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


