कोमल ओलीको गीतमा कमल थापा पत्नीसँग जब छमछमी नाचे… (भिडियो सहित)

काठमाडौं, ८ फागुन । कोमल ओली जहाँ जान्छिन् त्यहाँ सांगीतिक माहोल बन्छ नै । सांगीतिक महोत्सव होस् वा विभिन्न जमघट गायिका ओलीले सबैलाई नाँच्न बाँध्य गराउँछिन् ।

यस्तै भएको छ राप्रपाको बन्दसत्रमा । ‘मान्छे सानीसानी चढ्दै आयो जवानी…’ बोलको गीत ओलीले गाउँदा कमल थापाले मन थाम्नै सकेनन् ।

थापा मञ्चमा कम्मर मर्काइ–मर्काइ नाँचे । त्यो पनि आफ्नी पत्नीसँग । कमल थापा नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

मञ्चमा कोमल ओलीले गाइरहेकी छिन् । मञ्चभन्दा तल बसेका राप्रपाका प्रतिनिधीहरूले कमल थापा दम्पत्तिको नाचमा मनोरञ्जन लिएको भिडियोमा प्रत्यक्ष देख्न सकिन्छ । प्रतिनिधीहरूलाई पनि कोमल ओलीले मञ्चबाट नाँच्न हौसाइरहेकी छिन् ।

बन्दसत्रमा बेलाबेलामा सांगीतिक माहोल हुँदा प्रतिनिधीहरूलाई पनि खासै पट्यार नलागेको राप्रपाका एक नेताले बताए ।

समयको प्रयोग गर्न माहिर खेलाडी कोमल ओली र कमल थापाको यो मनोरञ्जनले प्रतिनिधीहरूलाई आफूतिर आकर्षित गर्छ वा गर्दैन त्यो मतदानपछि थाहा लाग्नेछ ।

https://youtu.be/EE_XHLQ6YdM



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।