३ वर्षदेखि सेतो सर्पले यी किशोरीलाई पछ्याउँदै, ३४ पटक डस्नुको पछाडि यस्तो कारण…

भारतकी यी किशोरीलाई एउटा सर्पले ३४ औं पटक टोकेपछि उनी अस्पताल पुगेकी छिन् । यतिधेरै पटक टोकेपनि यी किशोरीको शरिरमा विषको कुनै असर देखिएको छैन । जसका कारण डाक्टरहरु चकित परेका छन् ।

अमर उजालाका अनुसार तीन वर्षदेखि एउटा सर्प यी किशोरीलाई लगातार पछ्याइरहेको छ । कहिले घर, कहिले स्कूल, उनी जता गएपनि सर्प आएर डस्ने गर्दछ ।

१७ वर्षीया मनिषालाई पटक–पटक सर्पले डसिरहेको छ तर उनी हरेक पटक बच्ने गर्दछिन् । शनिबार बिहान मनिषा आफ्नी आमासँगै घाँस काटिरहेकी थिइन्, यति नै बेला सर्पले उनलाई टोक्यो । उनलाई अर्धचेत अवस्थामा अस्पताल ल्याइएको थियो । भारतस्थित नाहान अस्पतालमा ५/६ घण्टापछि मनिषालाई होस आयो र उनले आफूमाथि बितेको पुरा घटना बताइन् ।

मनिषाको हातमा सर्पले डसेको निशाना पनि छ । उनका अनुसार उक्त सेतो सर्प उनले मात्रै देख्छिन् । जब यो सर्प आउँछ तब उनी हल्लिन पनि सक्दिनन् न नै चिच्याउन सक्छिन् । उनलाई डसेपछि सर्प जान्छ र केही बेरपछि विष पनि शरिरबाट उत्रन्छ ।

सिरमौर जिल्लाको पोटा मानल पंचायतको मानल गाउँकी मनिषासँग निकै वर्षदेखि यस्तो भइरहेको छ । अचम्मको कुरा त के छ भने चमत्कारिक ढङ्गले हरेक पटक विष निस्कन्छ । उनलाई तीन/चार पटक मात्रै अस्पताल पुर्याइयो । ज्योतिषहरुले यसबारे अचम्मित गरिदिने खुलासा गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।