धनकुटाका किसानलाई उन्नत जातको मकैको बीउ बितरण गरिंदै

धनकुटा खबर, चैत ४ । जिल्ला कृषि बिकास कार्यालय धनकुटाले किसानहरुलाई २९ टन भन्दा बढी उन्नत जातको मकैको बीउ अनुदानमा बितरण शुरु गरिएको छ ।

कार्यालयले बिगत ४ बर्ष देखि केन्द्र स्तरबाट सन्चालित ‘मध्ये पहाडी बृहत्तर मकै उत्पादन कार्यक्रम’ र ‘जिल्ला स्तरीय कार्यक्रम’ अन्तर्गत २० हजार ४० रोपनी क्षेत्रफलका लागि बिभिन्न ५ जातको बीउ बितरण शुरु गरेको हो ।

चालु आर्थिक बर्षमा २४ लाख ६५ हजार ४ सय ४२ रुपैया बरावरको गणेश–१,रामपुर कम्पोजिट,मनकामना–३ र ४,देउती जातको २९ हजार ३ सय ९५ केजी मकैको बीउ बितरण गरिरहेको कार्यालयले जानकारी दिएको छ ।

केन्द्रिय कार्यक्रम अन्तर्गत जिल्लाका साविक ८ गाबिसको १४ हजार १ सय ६० रोपनी क्षेत्रफलका लागि ७५ प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने छ ।

तस्वीर : कार्यालयले भण्डारण गरेर राखेको मकै

उक्त गाबिस बाहेक बाँकी साबिक २ नगरपालिका सहित २० गबिसको ५ हजार ८ सय ८० रोपनी श्रेत्रफलका लागि ५० प्रतिशत अनुृदानमा किसानहरुलाई मकैको बीउ बितरण गर्ने काम भईरहेको कार्यालयका प्राबिधिक सहायक मिना कुमारी राईले जनकारी दिनुभयो ।

केन्द्रिय कार्यक्रम अन्तर्गत धनकुटाका साबिक तेलिया,मारेकटहरे,डाँडागाउँ,जीतपुर,आहाले,महाभारत,फाक्सिव र खुवाफोक गाबिसलाई प्रति केजी ८० रुपैंया पर्ने १७ लाख बरावरको २१ हजार २ सय ५० केजी बीउ बितरण गरिने छ ।

ती गाबिस बाहेक जिल्लाका बाँकी किसानहरुलाई जिल्ला स्तरीय कार्यक्रम अन्तर्गत ७ लाख ६५ हजार ४ सय ४२ रुपैया बराबरको प्रति केजी ९४ रुपैंया पर्ने ८ हजार १ सय ४५ केजी बीउ अनुदानमा बितरण गरिने छ ।

जिल्लाका ७ वटा सेवा केन्द्रबाट बितरण गरिने उक्त कार्यक्रमबाट १ हजार १ सय २६ किसानहरुलाई सेवा दिईने कार्यालयका प्रमुख भरत प्रसाद बिडारीले जानकारी दिनुभयो ।

बार्षिक १८ हजार २ सय १० हेक्टरमा ५० हजार १ सय ७९ मेट्रिक टन मकै उत्पादन हुने धनकुटामा ७ सय १८ मेट्रिक टनको रेसियोमा मकै बीउको आवस्यकता रहेको कार्यालयको तथ्यांक छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।