पाकिस्तान र बंगलादेशसँगको सिमाना बन्द गर्ने भारतको चेतावनी

नयाँदिल्ली, चैत १२ । भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बंगलादेशसँगको सिमाना बन्द गर्नसक्ने शनिबार चेतावनी दिएको छ ।

आतंककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुई देशसँगको सिमानामा बन्द गर्नुपर्ने भारतको भनाइ छ ।

‘भारतले सम्भव भएसम्म चाँडो पाकिस्तान र बंगलादेशसँगको अन्तर्राष्ट्रिय सिमाना बन्द गर्ने योजना बनाइरहेको छ, आतंककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न भारतले यो गर्नुपर्दछ’–गृहमन्त्री राजनाथ सिंहले भने ।

‘पाकिस्तानसँगको सिमाना आउँदो सन् २०१८ देखि नै बन्द हुनेछ, घुसपैठ बढ्दै गएकाले यस्तो निर्णय लिइएको हो’–उनले भने ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।