स्थानिय निर्वाचनमा ११४ दल भाग लिन नपाउने सरकारी निर्णय सच्याउनका लागि ज्ञापन पत्र

धनकुटा खबर, चैत ३० । स्थानिय निर्वाचनमा एकसय १४ दल भाग लिन नपाउने सरकारी निर्णय सच्याउन संधिय लिम्बुवान पाटी केन्द्रिय समितिले स्थानिय प्रशासन मार्फत् ज्ञापन पत्र बुझाएको छ ।

लिम्बुवानको सन्जुहाङ्ग-पालुङ्गवाको पार्टीले बुधबार तीन ठूला दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्रलाई समेत बोधार्थ दिंदै धनकुटा जिल्ला प्रशासन कार्यलय मार्फत नेपाल सरकारलाई ज्ञापन–पत्र पठाएको हो ।

ज्ञापन पत्रमा नेपालको संविधानको धारा २६९को ७० र ७१मा रहेको निर्वाचमा सहभागि हुने संबैधानिक हक प्राप्त नभएको कारण सरकारी निर्णय सच्याउन माग गरीएको छ ।

संसदमा रहेका २७ दलले मात्र निर्वाचनमा सहभागि हुन पाउने बाँकी एक सय १४ दल चुनाव चिन्न विहिन बनेकोले उक्त निर्णय फिर्ता लिई सबै दल चुनावमा भाग लिने वातावरण बनाउनुपर्ने पार्टीको माग छ ।

अन्यथा जवरजस्ती निर्वाचन गर्न खोजे सबै गतिविधिमा अबरोध हुने गरी कार्यक्रम सञ्चालन गरीने संधिय लिम्बुवान पार्टि नेपालका केन्द्रिय अध्यक्ष सन्जुहाँङ्ग पालुहाङवा द्वारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरीएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।