हप्ता दिनमै लाखौ पटक हेरियो “सायद-२” ट्रेलर : हेर्नुस ट्रेलर सार्बजनिक कार्यक्रममा जे देखियो (ट्रेलर भिडियो सहित)

सार्बजनिक भएको छोटो समयमै लोकप्रिय बनेको छ प्रतिक्षित चलचित्र सायद २ को ट्रेलर । २०७३ को अन्तिम दिन अर्थात नया बर्षको अवसर पारेर ट्रेलरलाई बैशाख १ गते युटुब मार्फत सार्बजनिक गरिएको थियो ।

य़ुटुबबाट सार्बजनिक गर्नु भन्दा पहिले ३१ गते राति काठमाण्डौको सानेपा स्थित एक भब्य कार्यक्रम गरी आम दर्शक माझ सार्बजनिक गरिएको थियो । नेपालि चलचित्र क्षेत्रमा हेरक पटक नया र प्रतिभावान कलाकारलाई डेभ्यु गराउन सफल निर्माता सुनिल रावल अर्थात दुर्गिश ब्यानर द्वारा निर्मित चौथो चलचित्र हो सायद २ । सार्बजनिक भएको छोटो समयमै लाखौ पटक हेरिएको सो ट्रेलर २ मिनेट १९ सेकेण्ड लामो छ भने फिल्ममा सुशिल श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना, सोभित बस्नेत, कुशल पाण्डे, सुनिल रावल, निशा कार्की, रुबिना श्रेष्ठ, बुद्धि लाल मगर, लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

अघिल्लो फिल्म सायद, सायद-२ र होस्टेल रिटर्न भन्दा सबै पक्षबाट यो फिल्मलाई अझ उत्कृष्ट बनाएको निर्माता सुनिलले बताए भने फिल्मका सबै मुख्य कलाकारले आफ्नो कामलाई दर्शकले मन पराउनेमा आफु ढुक्क रहेका बताएका छन् । सो चलचित्र आउँदो असार ३० बाट देशभर प्रदर्शन गरिदै छ भने उक्त चलचित्रका निर्माता सुनिल रावल संगै ईश्वर श्रेष्ठ र सुवास लामिछाने हुन् । त्यस्तै फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका छन् ।

ट्रेलर सार्बजनिक कार्यक्रमको बिषेश रिपोर्ट सहित अन्तरबार्ता :

https://youtu.be/wx4acpkNRTw

सायद २ को ट्रेलर :



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।