किन बेच्यो दक्षिण कोरियाले २ सय मिलियन डलरको लडाकु जहाज मात्र सयमा ?

एजेन्सी, सोल । दक्षिण कोरियाले आफ्नो चलिरहेको लडाकु समुद्री जहाज मात्र सय डलरमा बेचेको छ। राम्रोसँग चलिरहेको यो जहाजको खास मूल्य भने २ सय मिलियन डलर पर्छ। मित्र देश फिलिपिन्सका लागि उसले यति सस्तो मूल्यमा एन्टी सबमरिन वारशिप दिन लागेको हो।

यो जहाजको गति ६० किलोमिटर प्रतिघण्टा छ। यसमा डिजल इन्जिनसँगै ग्यास टर्बाइन पनि जडान गरिएको छ जसका कारण फ्युल सकिए पनि जहाज चलाउन सकिन्छ। यसको मिसाइल रेञ्ज ३ सय किलोमिटर छ। यसमा ९० जवान रहन सक्छन्। शिपको चारैतिर मेसिनगन जडान गरिएको छ।

फिलिपिन्ससँग आफ्नो नजिकको सम्बन्ध रहेका कारण दक्षिण कोरियाले यति सस्तोमा जहाज दिएको बताएको छ। यसअघि फिलिपिन्सको अहिलेको सेनालाई पनि दक्षिण कोरियाले नै धेरैजसो सामान दिएको हो। यी दुई देशहरु एक अर्कालाई महत्वपूर्ण सुरक्षा सहयोगी मान्छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।