उत्तर कोरियाद्वारा अमेरिकाको ह्वाइटहाउस ध्वस्त पारेको सनसनी भिडियो हेर्नुहोस

काठमाडौं, उत्तर कोरियाले युद्धको लागि तयारीका कारण अमेरिका त्रसित छ । हालै प्याङयोङले सार्वजनिक गरेको भिडियोमा अमेरिकाको राष्ट्रपति भवन व्हाइट हाउस ध्वस्त भएको देखिन्छ ।

उक्त भिडियोमा तेस्रो विश्व युद्धको कल्पना गरेको र उत्तर कोरियाको मिसाइलले व्हाइट हाउस ध्वस्त पारेको भिडियो तयार पारेको छ । भिडियोमा मिसाइलबाट अमेरिकी युद्धपोत नष्ट भएको देखाइएको छ । साथै उत्तर कोरियामा सैनिकको परेड र युद्धअभ्यासको दृश्य समेत समेटिएको छ । साढे दुई मिनेटको उक्त भिडियोको शुरुमा अमेरिकी सेनाको फुटेज र अन्तमा वाशिंगटनमा परमाणु मिसाइल प्रहार भएको देखाइएको छ ।

यस भिडियोका कारण कोरिया प्रायद्धीपमा बढेको तनाव झन् चर्किने सम्भावना बढेको छ । अमेरिकी सेनाले दक्षिण कोरिया र जापानसँग लगातार युद्धअभ्यास गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले मिसाइल परीक्षण बन्द नगरेमा अमेरिकाले पनि उत्तर कोरियामा शक्तिशाली मिसाइल परीक्षण गर्ने धम्की समेत दिएका छन् ।

https://youtu.be/5rES053NhZk



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।