बहुप्रसिद्ध चलचित्र ‘बाहुबली २’ ले रच्यो इतिहास, पहिलो दिनमा नै २०१ करोड कमाई
नयाँ दिल्ली । बहुप्रसिद्ध चलचित्र बाहुबली २ हिजो शुक्रबारबाट रिलिज भएको छ । यस चलचित्रले दर्शकको मन मात्रै होईन बक्स अफिसमा पनि एक पछि अर्को एेतिहासिक रेकर्ड पनि राख्न थालेको छ। बाहुबली २ ले पहिलो दिनमा नै विश्वभरबाट २०१ करोड कमाई भारतीय संचार माध्यमहरुले जनाएका छन्।

केआरके बक्स अफिसका अनुसार पहिलो दिन चलचित्रले भारतमा १४५ करोड, यूएसएमा ३३ करोड, गल्फबाट ११ करोड र बाँकी देशबाट १२ करोडको कमाई गरेको छ। ‘बाहुबली २’ को हिन्दी संस्करणले पहिलो दिनको कमाईमा सलमान खानको ‘सुल्तान’ र आमिर खानको फिल्म ‘दंगाल’ लाई पछाडी पार्यो।
बाहुबली विश्भरी करीब ९००० पर्दामा रिलीज भएको जनाईएको छ। यो तेगलु भाषा सहित ६ भाषामा एकैसाथ रिलिज भएको चलचित्र हो । यस चलचित्रको मुख्य भूमिकामा प्रभास, राणा दग्गुबत्ती, अनुष्का सेट्टी, राम्या कृष्णन, नासिर र सत्यराज रहेका छन्।
‘बाहुबली २’ हेर्नका लागि सिनेमा घरमा अझैपनि दर्शकको अत्यधिक भिड लागेको छ। चलचित्र समिक्षकका अनुसार यस चलचित्रले निकै राम्रो प्रतिक्रिया पाएको छ। शुक्रबार मात्रै अहिलेसम्मका ५ रेकर्ड बनाई सकेको थियो।


