यदि तपाईको नाम अंग्रेजी अक्षरको ‘S’ बाट सुरु हुन्छ भने अवश्य यो पढ्नुहोस्…

एजेन्सी । तपाईको नामको पहिलो अक्षरले तपाईंको व्यक्तित्वको विभिन्न राज खोल्ने गर्दछ । सायद तपाईलाई थाहा नहोला, तर यो यस्तो जानकारी हो जसमार्फत तपाई आफ्नो बारे वा अन्य व्यक्तिका विशेषता सजिलै थाहा पाउन सक्नुहुन्छ । यहाँ आज हामी तपाईलाई अंग्रेजी अक्षरको ‘एस’ बाट नाम सुरु हुने व्यक्तिको विशेषता बताउँदैछौं ।

– राम्रा र आकर्षकः

उनीहरु हेर्दा निकै राम्रा हुन्छन् भने व्यक्तित्व निकै आकर्षक हुन्छ । बोल्ने शैलीदेखि कपडा लगाउने तरिकासम्म हरेक कुरा निकै उत्कृष्ट हुन्छ जसका कारण उनीहरुप्रति मानिसहरु निकै प्रभावित हुन्छन् ।

– नेतृत्व क्षमताः

अंग्रेजी वर्णमालामा यो अक्षर १९ औं नम्बरमा आउँछ । अंकशास्त्रका अनुसार यो अक्षर नम्बर १ अन्तर्गत आउने गर्दछ जो स्वभाविक रुपले नेतृत्वको गुण दिने मानिन्छ ।

– आत्मविश्वासी र महत्वाकांक्षीः

यस्ता व्यक्तिहरु मेहनत गर्नुपर्छ भन्ने विश्वास राख्दछन् र कुनै पनि कामलाई पूरा गर्नका लागि ज्यानै दिन्छन् । आफूलाई निकै नियन्त्रणमा राख्न सक्ने यी व्यक्तिहरु जे सोच्छन् त्यसलाई पूरा गरेरै छोड्छन् । स्वाभिमानी र साहसी हुने भएकाले उनीहरुको महत्व अझै बढाइदिन्छ ।

– बुद्धिमानः

यो अक्षरबाट नाम सुरु हुने स्त्री वा पुरुष दुबै निकै बुद्धिमान हुन्छन् । आफ्नो बौद्धिक गुणका कारण उनीहरु ज्ञानलाई पनि निकै महत्व दिने गर्दछन् । उनीहरु मेहनतले हरेक कुरा हाँसिल गर्दछन् त्यसकारण जीवनको हरेक क्षेत्रमा सफल हुन्छन् ।

– प्रतिभावना र इमान्दारः

उनीहरु प्रतिभाका धनी हुन्छन् । नयाँ प्रोजेक्ट वा रचनात्मक क्रियाकलापमा उनीहरुले गरेका हरेक काम एकदम नयाँ र प्रभावशाली हुने गर्दछ ।उनीहरु इमान्दार हुन्छन र साँचो बोल्न मन पराउँछन् । त्यसकारण अरुले गरेको कामका लागि पनि उनीहरुलाई पूरा क्रेडिट दिने गर्दछन् ।

– रिसाहाः

थुप्रै विशेषताका साथै उनीहरुका अवगुण पनि छन् । यी व्यक्तिहरु रिसाहा हुन्छन् । यतिमात्र नभई स्थान र परिस्थितीको ख्याल नगरी उनीहरु आफ्ना भित्री कुराहरु भन्ने गर्दछन् जसका कारण दोस्ती, व्यापार र सम्बन्धमा तनावको स्थितीको सामना गर्नुपर्ने हुन्छ ।

– प्रेम सम्बन्धमाः

इमान्दार भएका कारण सम्बन्ध, कार्यक्षेत्र वा व्यवसायमा पूर्ण रुपमा बफादार हुन्छन् । प्रेम वा वैवाहिक सम्बन्धमा पनि साथीप्रति बफादार हुनु उनीहरुको प्राथमिकता हुन्छ । तर उनीहरु रोमान्टिक भने हुँदैनन् ।

यसका साथै सम्बन्धमा उनीहरुको एक कमी पनि छ । धेरै पटक सम्बन्धमा आफू हाबी हुन चाहन्छन् जसका कारण उनीहरुको वैवाहिक वा प्रेम–सम्बन्ध लामो समयसम्म टिक्न पाउँदैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।