‘बाहुबली’का नायक प्रभासको अर्को फिल्म ‘साहो’को टिजर सामाजिक संजालमा भाइरल (भिडियो सहित)
एजेन्सी, साउथ फिल्मका सुपर स्टार तथा बाहुबलीका नायक प्रभासले अभिनय गरेको फिल्म ‘साहो’को टिजर रिलिज भएको छ ।
एक्शनले भरिपूर्ण उक्त टिजरमा प्रभास एक कैदीको रुपमा देखिएका छन् । तेलुगू ,तमिल,मलयालम र हिन्दी हुने बताइएको यस फिल्मको छायांकन भारत तथा बिदेशमा समेत गरिने बताईएको छ ।
प्रभासद्वारा अभिनित फिल्म बाहुबली-२ ले यति बेला एक पछि अर्को कमाइको इतिहास बनाउदै गएको छ । बहुबाली रिलिज भएसँगै ‘साहो’ को टिजर रिलिज भएको थियो । झन्डै १५० करोडमा निर्माण हुँदै गरेको उक्त फिल्मको टिजर सामाजिक संजालमा भाइरल भएको छ ।


