प्रचण्डपुत्री मेयर बनाउन माओवादीसँग तालमेल गरेपछि चितवनका कांग्रेस कार्यकर्ता आक्रोशित, विज्ञप्ती जारी गर्दै जलाए देउवाको पुत्ला

चितवन, २१ वैशख । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको चुनावी तालमेलको सहमतिलाई लिएर चितवनमा कांग्रेस कार्यकर्ता आक्रोशित बनेका कार्यकर्ताले पार्टी सभापति शेरबहादुर देउवाको पु्त्ला जलाएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाललार्इ मेयरमा जिताउनका लागि कांग्रेले पछि हट्ने निर्णय गरेसँगै आक्रोशित कांग्रेस कार्यकर्ताहरू सडकमा उत्रिएका हुन् । भरतपुर महानगरमा प्रचण्ड पुत्री रेणु दाहाललाई मेयर दिने केन्द्रीय सहमतिसँगै कांग्रेस कार्यकर्ताले भरतपुरमा पार्टी सभापति देउवाको पुत्ला दहन गरेका हुन् । उनीहरुले पार्टी कार्यालय परिसरमा भरतपुर बेच्न पाइँदैन भन्दै चर्को नारावाजी गरे।

तालमेलबारे सञ्चारमाध्यमसँग बोल्दै चितवन कांग्रेसका पुर्वसभापति टेकप्रसाद गुरुङले केन्द्रको निर्णय मान्य नहुने चेतावनी दिए ।

माओवादीसँगको तालमेलविरुद्ध उभियो चितवन कांग्रेस

चितवन: माओवादी केन्द्रका प्रचण्डकी छोरी रेणुलाई भरतपुर महानगरको मेयर बनाउन तालमेल हुने भएपछि नेपाली कांग्रेस चितवन भने त्यसकाविरुद्ध उभिएको छ ।

प्रचण्ड पुत्रीलाई मेयरमा जिताउन कांग्रेस उम्मेदवार दिनेश कोइरालालाई फिर्ता गराउने खेल माओवादी केन्द्र र कांग्रेसको शीर्ष नेतृत्वबीच भएपछि चितवन कांग्रेस त्यसविरुद्ध उभिएको हो ।

चितवन कांग्रेसका सभापति जीननारायण श्रेष्ठले केन्द्रको तालमेललाई चुनौती दिएका छन् । उनले जिल्लामा कुनै पनि दलसँग तालमेल नभएको जनाउँदै आफ्ना उम्मेदवारलाई रुख चिन्हमा भोट हाल्न अपलि गरेका छन् ।

‘चितवनमा कांग्रेसका साथीहरु सक्रियताका साथ निर्वाचनमा लागिरहनु भएको छ’, श्रेष्ठले बिहीबार निकालेको विज्ञप्तीमा भनिएको छ, ‘नेपाली कांग्रेसले कुनै पनि दलसँग गठबन्धन गरेको छैन । भ्रामक समाचारको पछि नलागी रुख चिन्हमा मतदान गर्न आह्वान गर्छु ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖