‘मलाई राष्ट्र र नेपाली जनता प्रति अन्याय गरेर यो देशमा १ मिनेट पनि बाच्नु छैन !’
म कुनै पनि राजनीतिक दलको झन्डा नबोकीकन निरन्तर राष्ट्र र जनताका पक्षमा कलम लचाउने सचेत नागरिक हुँ ! मलाई राष्ट्र र नेपाली जनता प्रति अन्याय गरेर यो देशमा एक मिनेट पनि बाच्नु छैन |
मेरो बुझाईमा पछील्लो समयमा दलका नेताहरुले जनताका दु:ख र पिडालाई भजाएर अक्षम्य राष्ट्रघात र जनघात गरेका छन | मैले जे बुझेर भनिरहेको छु यो कुरा कुनै राजनीतिक दल र नेताहरु प्रतिको मेरो मिथ्या आरोप मात्र होइन, मेरो अन्तर हृदयले यो कुरा सत्य हो भन्दैछ | दलका नेताहरुकै हातमा सत्ता र ब्यवस्था छ | यिनिहरुलाई राष्ट्रको बिकास गर्न र लोककल्याणकारी काम गर्न कसैले अवरोध सृजना गरेको पनि छैन |
राज्यसत्ता आफ्ना हातमा हुँदा हुँदै पनि यिनिहरु केका लागि आपसमै लडाईं लढ्दैछन् भन्ने कुरा मैले बुझ्न् सक्या छैन | यस्ता पथ भ्रष्टहरुका पछी लागेर आफ्नो स्वार्थ पुरा गर्ने तत्वलाई मैले केही भन्न मिल्दैन ! जस्ले जती जानेको हुन्छ त्यसले त्यती मात्रै गर्ने हो | जनता अनजान छन | गरिबिले थिचिएको जनताले कुनै जाली फटाहलाई मत हालेर ठुलै अपराध गर्यो र गर्दैछ भन्ने पनि मलाई लाग्दैन् |
नेपाली दुनियाँ प्रती बेखबर यो देशका साशकहरु प्रती मलाई हदै सम्मको घिर्णा छ, हे भगवान ! जनताको रगत पसिनामा मस्ती गर्ने अपराधी सँग मेरो जम्का भेट कहिले पनि नहोस |
– योगी अविनाथको फेसबुक वालबाट साभार गरिएको |


