नेपाली सेनाद्वारा आयोजित लघुचलचित्र प्रतियोगितामा ‘चण्डिका’ सर्वोत्कृष्ट

काठमाडौं, वैशाख २३ । नेपाली सेनाद्वारा आयोजित यस वर्षको लघुचलचित्र प्रतियोगितामा ‘चण्डिका’ सर्वोत्कृष्ट घोषित भएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालयमा शुक्रबार आयोजित समारोहमा दिनेशकुमार प्रजापतिले निर्माण गरेको उक्त चलचित्रलाई रु दुई लाख नगद र प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगितामा कृष्णशरण बुढाथोकीको ‘कल अफ डियुटी’ दोस्रो भयो भने सागर अर्यालले निर्माण गरेको ‘प्रेरणा’ लघुचलचित्रले तेस्रो पुरस्कार प्राप्त गर्न सफल भयो ।

दोस्रो र तेस्रो हुनेलाई क्रमश रु एक लाख पचास हजार र एक लाख नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरियो ।

नेपाली चलचित्र क्षेत्रमा अग्रसर, स्थापित र नवप्रवेशी कलाकार एवं चलचित्र निर्मातालाई प्रोत्साहित गर्दै प्रतियोगिताले राष्ट्रप्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघुचलचित्र निर्माण गरी मुलुकको कला, संस्कृति र पहिचानलाई मजबुत् बनाउन सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

समारोहमा नेपाली सेनाको वार्षिक प्रकाशन ‘सिपाही वार्षिक २०७३’ तथा ‘शिवपुरी जर्नल–२०१६’ मा प्रकाशित लेखका सर्जकलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖