‘लिम्बुवान आईडल सिजन टु’ मा छानिए उत्कृष्ट १० (टप-टेन) प्रतिभा

धनकुटा खबर, तेह्रथुम २५ बैशाख । तेह्रथुमको म्याङलुङमा ‘लिम्बुवान आईडल सिजन टु’ को उत्कृष्ट १० (टपटेन)को छनौट भएको छ ।

गायन प्रतिभालाई उजागर गर्नका लागी आयोजित आईडलको टपटेन छनौट कार्यक्रम बाट उत्कृष्ट १० जना छानिएको गरिएको आयोजक युमा आट्स एण्ड कल्चर सेण्टरका अध्यक्ष गायक खगेन्द्र यक्सोले जानकारी दिनुभयो । छनौट कार्यक्रममा पुर्वाञ्चलको बिभिन्न जिल्ला बाट बैकल्पीक ४ जना सहित १४ जना छनौट भएका छन् । प्रतियोगीतामा तेह्रथुम बाट रमिला लिम्बु , सुबास मगर,संखुवासभा बाट साजन थापा, ताप्लेजुङ बाट सुमन श्रेष्ठ, सुनिल लिम्बु , सुनसरी बाट दिपिका दर्नाल ,राज खिम्दीङ, मोरङ बाट ललित थलङ, झापा बाट युसन राई र पाचथर बाट दिपा सुहाङ छनौट हुनुभएको छ ।

बिभिन्न चरणको अडिसन बाट छानिएका प्रतिस्पर्धी बाट ४ जना बैकल्पिकमा संखुवासभा बाट ईन्द्रा राई , सुजिता पाखे्रेल र सबिन संखर र बादल गुरुङ तेह्रथुम रहेका छन् । बिशुद्ध संगितलाई पुर्नस्थापना गर्दै अवशर नपाएका कला र गलाको खोजी गर्ने अभिप्रायले सञ्चालन गरिएको यस आईडल उत्कृष्ट १० मा पर्नका लागी सबै सहभागीहरुले म्युजिक ट्रयाकमा गित गाएका थिए ्। गाउवस्तीमा लुकेर रहेको प्रतिाभालाई खोजी गर्न पुर्वेली गित संगित पारखी तथा सुभचिन्तकहरुको आर्थिक सहयोगमा आयोजना गरिएको यस आईडल सिजन २ को प्रथमले नगद पुरस्कारको साथमा म्युजिक एल्वम र म्युजिक भिडियोमा खेल्ने अबशर प्राप्त गर्ने छ ।

त्यस्तै दोस्रोले नगद पुरस्कारको साथमा ३ वटा गित र तेस्रोले १ वटा गित रेकर्ड गर्ने अवशर प्राप्त गर्नुेका साथै उत्कृष्ट १० मा पर्न सफल सबै प्रतियोगीले एक एक वटा गित रेकर्ड गर्न पाउने आयोजक युमा आट्स सेण्टरका अध्यक्ष गायक यक्सोले बताउनुभयो । आईडलको फाईनल भने आगामी माघ मसान्त सम्ममा गरिने गायक खगेन्द्र यक्सोले जानकारी दिनुभयो । यस अघि २०६८ सालमा आयोजित लिम्बुवान आईडल सिजन १ मा ताप्लेजुङका कन्चन थलङ बिजेता बन्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।