नरेन्द्र मोदी श्री लङ्का जानु पूर्व बारुलाको गुँड हटाइयो

कोलम्बो, २७ बैशाख । भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्री लङ्काली अधिकारीहरुले कोलम्बोका केही बारुलो प्रभावित क्षेत्रबाट बारुलाको गुँडहरु हटाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणको क्रममा आज श्री लङ्का आइपुग्नु हुँदैछ । बुद्ध जयन्तीको उपलक्षमा राजधानी कोलम्बोमा आयोजित ूवैशाखू नामक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा प्रधानमन्त्री मोदीले प्रमुख अतिथिको हैसियतले सम्बोधन गर्नु हुनेछ ।

ूएसियाकै ज्योति (लाइट अफ एसिया)ू का नामबाट विश्वभरका अरबौं शान्तिप्रेमी जनताले श्रद्धा र भक्ति गर्ने भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र मृत्यु (महा परिनिर्वाण) को स्मरण गर्दै वार्षिक जयन्ती मनाइने तिथि आज बैशाखशुक्ल पूर्णिमाको दिनलाई संयुक्त राष्ट्र संघले पनि अन्तर्राष्ट्रिय रुपमा मान्यता दिई ूयुनाइटेड नेसन्स डे अफ बैशाखू भन्ने नामाकरण गरेको छ ।

युनाइटेड नेसन्स डे अफ बैशाखको उपलक्षमा गरिने अन्तर्राष्ट्रिय वार्षीक बौद्ध सम्मेलन यस वर्ष कोलम्बोमा आयोजित भै रहेको छ ।

सम्मेलनलाई सम्बोधनपश्चात् हेलिकोप्टरबाट प्रधानमन्त्री मोदी तथा श्री लङ्काली राष्ट्रपति विक्रम रणसिङ्घे कोलम्बोको स्थानीय एक बिशाल चिया बगान भ्रमण गर्नु हुनेछ ।

प्रधानमन्त्री मोदीले भारतको आर्थिक सहयोगबाट उक्त चिया बगानमा नवनिर्मित एक सुबिधा सम्पन्न अस्पतालको उद्घाटन गर्नु हुनेछ । सो अवसरमा त्यहाँ स्थित चिया बगान तथा भारतीय सम्पदा स्थलमा कार्यरत भारतीय नागरिकहरुलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ ।

हवाई मार्ग वा हेलिकोप्टर अवतरण गर्दा बिषालु बारुलाहरुले चिल्न सक्ने खतराबाट जोगाउन र प्रधानमन्त्री मोदीको ब्यक्तिगत शारिरीक सुरक्षालाई ध्यानमा राखी कार्यक्रम स्थलभन्दा दुइ किलोमिटर वरपरका अग्ला रुखहरुमा गुँड लगाएर बसेका हजारौंको सङ्ख्याका बारुलाहरुलाई श्री लङ्काका अधिकारीहरुले टाढाको जङ्गलमा चाकासहित सारिदिएका श्री लङ्काको मौरी संरक्षण सङ्गठनका प्रमुख तिस्सा बन्दरा थम्बाविताले बताएका छन् ।

गँुड स्थानान्तरण तथा अतिथिहरुलाई बारुलाबाट बचाउ कार्यका लागि आठ जना प्राबिधिकहरुलाई खटाइएको पनि थम्बाविताले जानकारी दिए ।प्रधानमन्त्री मोदी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ । रासस÷एपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।