संसारकै सबैभन्दा मोटो ‘५९५ केजीका’ यी व्यक्तिको अब घट्दैछ तौल !

काठमाडौं, वैशाख २८ । संसारकै सबैभन्दा मोटो व्यक्तिको ‘ग्याष्ट्रिक बाइपास सर्जरी’ सफल भएको छ । मेक्सिकोका स्थायी वासिन्दा जुवान पेड्रो फ्रान्को नाम गरेका ती व्यक्तिको तौल ५९५ केजीको भएपछि तौल घटाउन गरिएको शल्यक्रिया सफल भएको उनका निजी चिकित्सक जोस कास्टानेडले बताएका हुन् ।

डा. कास्टानेडाकाअनुसार पहिलो चरणको शल्यक्रिया गत मंगलबार गरिएको हो । अब दोस्रो चरणको शल्यक्रिया गरेपछि उनको तौल साधारण हुनेछ ।

उनले भने–‘अहिले फ्रान्कोको आधा तौलमात्रै घटेको छ, हामीले विशेष निगरानीमा राखेर उपचार गरिरहेका छौं, आशा गरौं दोस्रो शल्यक्रिया पनि सफल हुनेछ ।’

चिकित्सकहरुले पहिलो चरणको शल्यक्रिया शफल भएपनि उनको शरीरमा कस्तो परिवर्तन तथा समस्याहरु देखिन्छ भनेर केहि समय पर्खाुपर्ने बताएका छन् ।

फ्रान्कोको उपचार सकरात्मक हुँदै गए आगामी नोभेम्बरमा दोस्रो चरणको शल्यक्रिया गर्ने अस्पतालले जानकारी दिएको छ ।

डा. कास्टानेडाले बिरामीको शारीरिकभन्दा मानसिक अवस्था तथा खानपानको व्यवस्थालाई विशेष ध्यान दिनुपर्ने बताए । अन्यथा सबै मेहनत विफल हुने बताउँछन् उनी ।

फ्रान्कोलाई यसअघि नै चिकित्सकहरुले धेरैमात्रामा तौल घटाउनुपर्ने भएकाले मधुमेह तथा रक्तचाप र कोलेस्ट्रोल नियन्त्रणमा राख्न सल्लाह दिएका थिए ।

मेक्सिकोमा म्यानुएल उरिवे नाम गरेका व्यक्तिको तौल ५९७ केजी भएर सन् २००७ मै विश्व कीर्तिमान राखेका थिए ।

उनको मृत्यु गत वर्ष भएपछि संसारकै सबैभन्दा मोटो व्यक्तिको कीर्तिमान फ्रान्कोको नाममा रहेको छ ।

तर, उनले शल्यक्रियाबाट आफ्नो तौल घटाउन उपचार सुरु गरेपछि उनको कीर्तिमान गुम्नेछ ।

यसअघि, संसारकै सबैभन्दा मोटी इजिप्टिसिएन महिला एमन अहमेद अब्दुल एइ एटेले भारतमा आएर सफल शल्यक्रियामार्फत् आफ्नो तौल घटाएकी थिइन् । (एजेन्सी)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।