हवाई आक्रमणमा परी इराकमा तेह्र लडाकू मारिए

बग्दाद (इराक), ३१ वैशाख । इराकको पश्चिमी अनबारमा प्रान्तमा इराकी सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा १३ जना इस्लामिक स्टेट (आइएस) आवद्ध लडाकूको मृत्यु भएको छ ।

आइएस लडाकूका विभिन्न पदाधिकारीको बैठकलाई लक्षित गरी भएको यस आक्रमणमा परी उनीहरुको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् ।

सिरियानजिकैको सीमा क्षेत्रमा पर्ने अल क्विम सहरमा उनीहरुको बैठक चलिरहेको भन्ने गुप्तचर निकायले दिएको सुचनाका आधारमा आक्रमण गरेको इराकको संयुक्त सुरक्षा कारबाही टोलीद्वारा जारी वक्तव्यमा जनाएको छ ।

उनीहरुले आमनागरिकलाई लक्ष्यगरी आक्रमण गर्ने योजना बनाइरहेको वक्तव्यमा दावी गरिएको छ ।

मे महिनाको अन्त्यतिर पर्ने रमजानको मौकामा आक्रमण गर्ने तयारीमा ती लडाकूको रहेका सरकारी सुरक्षा निकायको आरोप छ ।

आक्रमणमा परी अरु केही आतङकारी घाइते पनि भएको अधिकारीहरुले बताएका छन् । रासस÷सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।