हेर्नुहोस ४० करोडको मुर्रा जातको यो रागाँ ! (फोटो/ भिडियो सहित)

एजेन्सी । भारतमा ‘शहन्शाह’ नाम गरेको चार वर्षको मुर्रा जातको एउटा रागाँको मूल्य ४० करोड रुपैयाँ (२५ करोड भारु) राखिएको छ । हरियाणा कृषि तथा कृषक कल्याण विभागले फरिदावाद जिल्लाको सुरजकुन्डमा आयोजना गरेको तीनदिने ‘एग्री लिडरसिप समिट २०१७’मा सबैभन्दा बढी आकर्षण बनेको उक्त रागाँको मूल्य २५ करोड भारु रहेको रागाँमालिकले बताएका हुन् ।

दिदवारी गाउँमा दूधडेरी चलाउने नरेन्द्र सिंहले पालेको शहन्शाह नाम गरेको उक्त रागाँको लम्बाइ पाँच फिट १० इन्च रहेको छ । सिंहका अनुसार  उक्त रागाँले सन् २०१६ मासमेत उत्तर प्रदेशभरिको पशुमध्ये सबैभन्दा उत्कृष्ट स्थान हासिल गरेको थियो ।

उक्त रागाँको आमाले अझैसम्म दैनिक २७ लिटर दूध दिइरहेको सिंहले बताए । उनकाअनुसार शहन्शाहले दैनिक १० लिटर आमाको दूध र आधा लिटर घिउ खाने गर्दछ । सिंहले केहि वर्षपछि शहन्शाहको वीर्य बेचेरमात्र वार्षिक ५० लाख भारु कमाइ हुने बताएका छन् ।

उक्त गाउँमा अर्को किसानको त्यही जातको ‘रस्तम’ नाम गरेको शहन्शाहभन्दा केहि जेठो रागाँ रहेको बताउँदै उनले भने–‘अहिले रस्तमको मालिकले रस्तमको वीर्य बेचेरमात्रै वार्षिक ५० लाख भारु कमाइरहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।