साइबर आक्रमणबाट करिब एक सय पचास राष्ट्रका दुई लाख कम्प्युटर प्रयोगकर्ता पीडित : युरोपोल

लन्डन (बेलायत), ३१ वैशाख । हालै भएको नौलो किसिमको विश्वका करिब १५० भन्दा बढी राष्ट्रमा भएको साइबर आक्रमणबाट विश्वभरका करिब दुई लाख कम्प्युटर ग्राहक पीडित बनेको युरोपोलका कार्यकारी निर्देशक रब बेनराइटले आइतबार बताउनुभएको छ ।

युरोपियन युनियनको सुरक्षा निकाय युरोपोलका अनुसार माइक्रोसफ्टको सिस्टममा रहेको कमजोरीको फाइदा उठाई ‘ह्याकर’ले विश्वभरका कम्प्युटरमा आक्रमण गरेको र यसलाई पुनः सञ्चालन गर्न तीन सय अमेरिकी डलर माग गरेका छन् ।

अमेरिकी सुरक्षा नियकाले आतङ्ककारी विरुद्ध ह्याकिङ गर्न विकास गरेको कम्प्युटर प्रोग्रामको प्रयोग गरेर साइबर आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

केही देशका कम्प्युटर प्रयोगकर्ताले आफ्ना फाइललाई पुनः सञ्चालन गर्न फिरौती रकम बुझाएका भए पनि अवस्था भयावह भएको युरोपोलले जनाएको छ ।

बेनराइट भन्नुहुन्छ, “साइबर आक्रमणबाट फिरौती रकम बुझाएपछि आफ्ना फाइलहरु सोमबार खुल्ने आशा गरेका उनीहरु आक्रमणको प्रभाव फेरि पनि दोहोरिन सक्नेमा चिन्तित देखिएका छन् ।”

“हामीहरुले साइबर अपराध नियन्त्रण गर्न संसारभर वार्षिक रुपमा करिब २०० कार्यक्रम सञ्चालनमा ल्याए पनि अपराध नियन्त्रणमा अपेक्षाकृत कमी आउन सकेको छैन ।” बेनराइटले बेलायती आईटीभीलाई बताउनुभयो ।

पछिल्लो तथ्याङ्कअनुसार १५० भन्दा बढी देशका दुई लाख कम्प्युटर प्रयोगकर्ता रहेका र यसमध्ये कैयौँ व्यवसायीक र ठूला कम्पनीहरु परेको थाहा हुन आएको छ ।

साइबर आक्रमणको उद्देश्य थाहा हुन नसके पनि आक्रमण सामान्यतया अपराधी प्रवृत्तिको रहेको उहाँले बताउनुभयो ।

कैयौँले फिरौती रकम बुझाएका छन् तर धेरैजसोले रकम नतिरेका पाइएको छ ।

साइबर आक्रमणको शिकार हुनबाट युरोपेली बैंकहरु भने सुृरक्षित रहेको बताइएको छ । रासस÷एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।