दोहोरी चल्दै होला बालुवाटारमा हैन ? …एमाले ले जिते नि प्रचण्ड र शेरबहादुर जि ले रुन हुँदैन
स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गतको मतगनना आउन शुरु भएलगत्तै हाल सम्म ६५ स्थानमा मतगणना गर्दा ३२ मा एमाले अगाडी आएसँगै र सामाजिक सन्जाल फेसबुक मार्फत बिभिन्न तरहका क्रियाप्रतिक्रियाहरु आउन शुरु भएको छ, यसै बिचमा धनकुटा खबरको आँखा फेसबुकको एक स्ट्याटसमा पर्नगयो । ‘दोहोरी चल्दै होला बालुवाटारमा हैन ?’ शिर्षक दिएर लेखिएको ‘अनिशा अधिकारी आरजु’को दोहोरी स्टाईलमा रहेको उक्त स्टायाटस केहि रोचक तथा केहि घोचक शैलिमा लेखिएको प्रस्तुत स्ट्याटस यस्तो छ…
केपि जि: “घाम जस्तो चम्किलो जुन हुँदैन – एमाले ले जिते नि प्रचण्ड र शेरबहादुर जि ले रुन हुँदैन
प्रचण्ड जि: हे एमालेलाई मत सबै गैगयो चुनाव जति सत्या नास भैगयो डाँडै फुर्के सल्लो मत पेटिका मेरो चै ओल्लो हो कि पल्लो?
शेरबहादुर जि: हे भोट जति सबै हाले रुखमा, म साथ दिउँला सुख र दुखमा। भन्दाभन्दै दिन सबै बितिगो चुनाव भने एमाले ले जितिगो डाँडै फुर्के सल्लो प्रचण्ड जि मत पेटिका पल्लो हैन ओल्लो।
केपि: हे भोट हाल सुर्यमा भनेकै हुँ मैले, जितेपछि दिन्थे दाईजो ग्रल फ्रेन्ड अहिले, डाँडै फुर्के सल्लो कुर्सी तपाईं को ओल्लो हैन पल्लो।
प्रचण्ड जि: हे चोखो माया लाउन नपाउँदै धेरै ठाउँमा चुनाब आउन नपाउँदै मोरि एमाले कि भै हालि, भाकी रेखालेनी छाडेर गै गइहाली डाँडै फुर्के सल्लो कुर्सी त मेरो पल्लो हैन ओल्लो।
शेरबहादुर जि: हे हिरोनी र रास्ट्रपति अरुकै भैगए, म भने हजुर रुखमुनी बसेर रोइ रहे डाँडै फुर्के सल्लो कुर्सी जति अरुकै भए आफ्नो त ओल्लो न पल्लो ।।


