अमेरिकी नेतृत्वको सैन्य गठबन्धनको आक्रमणमा ४० जना सिरियालीको मृत्यु

दमास्कस (सिरिया), १ जेठ । अमेरिकी नेतृत्वको आतङ्कवाद विरोधी गठबन्धनले देइर अल जोर प्रान्तको बुकामाल सहरमा गरिएको सोमबारको आक्रमणमा करिब ४० जना सर्वसाधारण सिरियालीको मृत्यु भएको यहाँको सरकारी शाम एफएम रेडियोले जनाएको छ ।

इस्लामिक स्टेट (आईएस) समूहको प्रभाव क्षेत्र देइर अल जोरमा सर्वसाधारणलाई लक्षित गरी हवाई आक्रमण भएको उक्त रेडियोले बताएको छ ।

गत मङ्गलबार उत्तरी प्रान्त रक्कामा अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गर्दा ११ जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए ।

सिरियामा अमेरिकी नेतृत्वको आतङ्कवादविरोधी गठबन्धनले कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) लाई सघाउँदै आएको छ । रासस÷सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।