बल्ने बरफ भेटियो, विश्व इन्धन आपूर्तिमा नयाँ विकल्प

काठमाडौं, चिसो जमेको बरफको टुक्रा अरु ग्यास, पेट्रोल तथा डिजेलजस्तै गरी बल्छ भन्दा तपाइँलाई विश्वास नलाग्न सक्छ । तर, दक्षिण चीनको सामुद्रिक सतहमा पहिलोपटक अति प्रज्वलनशील चिसो बरफ भेटिएपछि भविष्यमा विश्व इन्धन आपूर्तिमा नयाँ आशा थपिएको बताइएको छ ।

‘बीबीसी वर्ल्ड’काअनुसार चिनियाँ अधिकारीहरुले समुद्रको गहिराइभित्र प्रज्वलनशील बरफ भेटिनुलाई ऊर्जासंकटको विकल्प हुनसक्ने बताएका छन् ।

‘मिथेन हाइड्रेट्स’ नाम गरेको उक्त रसायन एकदमै लुप्त तर यसले प्राकृतिक ग्यासलाई भन्डारण गरेर राख्ने भएकाले चिसो बरफकोरुपमा सन्चित भएर बस्ने गर्दछ ।

विश्वका अधिकांश विकशित देशहरुले कैयौं वर्षदेखि मिथेन हाइड्रेट्स नाम गरेको प्रज्वलनशील बरफबारे अध्ययन गरेर निकाल्ने कोसिस गरिरहेका छन् । तर, उक्त रसायन निकाल्न निकै जटिल भएकाले उनीहरु सफल हुन सकेका छैनन् ।

बीबीसीले उल्लेख गरेअनुसार प्रज्वलनशील बरफ पानी र प्राकृतिक ग्यासको संयोजनबाट बनेको हुन्छ ।

नेसनल युनिभर्सिर्टी अफ सिंगापुरका आणविक तथा रासायनिक विभाग प्रमुख प्रा.प्रभिन लिंगाकाअनुसार प्रज्वलनशील बरफ देख्दामा क्रिस्टलजस्तो देखिएपनि नजिकबाट नियाल्दा त्यसमा रहेको आणविक तह देखिन्छ ।

मिथेन हाइड्रेट्सलाई पानीको स–साना कणहरुले छोपेर राख्ने भएकाले यो चिसो बरफ बन्ने र क्रिस्टलजस्तो देखिने गर्दछ ।

अत्यन्तै कम तापमान र उच्चचापको मुनि पाइने भएकाले समुद्रको गहिराइमा रहेको जमिनमुनिमात्र यस्तो बरफ फेलापार्न सकिन्छ र उत्खनन् गर्न निकै जटिल मानिन्छ ।

एक मिटर क्युबिक बरफ बराबर करिब १६० क्युबिक मिटरसम्म ग्यास फैलिने भएकाले यसलाई अतिप्रज्वलनशील इन्धन मानिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।