अफगानिस्तानको जाबुलमा बीस प्रहरी मारिए

कलात (अफगानिस्तान), ७ जेठ । सरकार विरोधी सयौंँ लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा २० भन्दा बढी प्रहरी मारिएका छन् ।

दक्षिणी अफगानिस्तानको जाबुल प्रान्तको शाह जोइ र देह चोपानको सुरक्षा चेकजाँच गर्ने ठाँउमा आइतबार आतङ्ककारीले आक्रमण गरेका प्रान्तीय गभर्नर बिस्मील्लाह अफगानमालले जानकारी दिनुभयो ।

“हजारौँ तालीवानी विद्रोहीले शाह जोइ र देह चोपानको सुरक्षा चेकजाँच गर्ने ठाँउमा आज विहानै आक्रमण गरे । घटनामा परी २० जना प्रहरी मारिएका छन्,” गभर्नरले भन्नुभयो ।

सरकारी अधिकारीहरुका अनुसार १४ जना प्रहरी शाह जोइमा र छ जना प्रहरी देह चोपानमा मारिएका हुन् ।

यसैबीच, जाबुल प्रान्तका प्रहरी उपप्रमुख गुलाम जीलानी फाराहीले प्रान्तीय राजधानी क्वालातमा लडाकुले ४० ओटा रकेट बम प्रहार गरेको तर सौभाग्यबस कुनै मानवीय क्षती भने हुन नपाएको बताउनुभयो ।

उहाँले सरकारी सुरक्षा फौजको तर्फबाट आक्रमणकारीहरुका विरुद्धमा त्यस क्षेत्रमा सुरक्षा कारबाही कडा बनाइएको बताउनुभयो । घटनास्थल राजधानी काबुलदेखि ३४० ले किलोमिटर दक्षिणतर्फ पर्दछ । रासस÷सिन्ह्वा

https://youtu.be/MF7yQ2eVKjQ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।