‘प्रेम गीत-२’ मा संगै गीत गाएका प्रताप र ईन्दिरा नेपाल आईडलमा बने निर्णायक र प्रतिष्पर्धी (भिडियो सहित)

केहि समय अगाडी एकै गीत संगै गाएका जोडीमध्ये एउटा सांगीतिक रियालिटी सो को निर्णायक छ भने अर्को चाहिँ त्यसको प्रतिस्पर्धी । केहि समय अगाडी ‘प्रेमगीत २’ फिल्मको “मोटरसाइकलमा” बोलको गीत संगै गाएका थिए इन्दिरा जोशी र प्रताप लामाले ।

अहिले जोशी नेपाल आइडलकी निर्णायक छिन् र लामा त्यही रियालिटी शो को प्रतिस्पर्धी बनेर आएका छन् । तर, यी दुईबीच संगीत क्षेत्रमा भने व्यवसायिक सहकार्य पहिल्यै भैसकेको छ । यो जानकारी इन्दिराले यतिबेला थाहा पाइन् जतिबेला उनी निर्णायक बनिसकेकी थिइन् ।

यतिबेला ईन्दिरालाई नैतिक संकट नै परेको छ, कारण संगै व्यवसायिक गायनमा सहकार्य गरेका प्रतापको गायकीलाई जज् गर्नुपर्ने । एपि वान टेलिभिजन बाट प्रसारण भए पस्चात युट्युवमा निकै चर्चा बटुलिरहेको नेपाल आईडल त्यतिकै बिवादमा पनि छ ।

यता ईन्दिरा र प्रतापले प्रेम गीत २ को संगै गाएको गीत “मोटरसाइकलमा” पनि चर्चामै छ, जस्लाई डेब्यु संगीतकार एलिस कार्कीले कम्पोज गरेका छन् । ‘इन्दिरा र प्रतापको उक्त कुराले रोचक त बनाएको त छ नै भने अबको समयमा निर्णायक र प्रतिस्पर्धि बिचको भुमिका कस्तो हुनेछ भन्ने खुल्दुली पनि आम दर्शक माझ निकै बढिरहेको छ ।

प्रदिप खड्का र अस्लेशा ठकुरी लगायत कलाकार अभिनित, सन्तोष सेन निर्मित र रामशरण पाठक निर्देशित सिनेमा प्रेमगीत २ साउन १३ गते बाट देशैभर एकसाथ रिलिज हुँदैछ ।

https://youtu.be/rD0pYODsemo



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।