१ बच्चा पाऊने पर्खाईमा १७ बर्ष बित्यो, आखिरमा जन्माईन एक आमाले एकै साथ ६ बच्चा !

कम्तिमा एक बच्चा पाउनको लागि अमेरीकाका एक जोडी आशा र भरोसा सहित १७ बर्ष सम्म पर्खाईमा रहे ।

प्रतिक्षाको फल मिठो हुन्छ भनेझै उनीहरुको पर्खाई निराशामयमै बितेन, खुशीले छायो उनीहरुको जीवनमा पनि । उनीहरुका लागि ११ मे २०१७ एक यस्तो दिन रह्यो जुन दिन उनीहरुको निराशा तोडिएर खुशीमा परिणत भएको थियो अर्थात सोहिदिन उनीहरुले एक साथ ६ बच्चा पाएका थिए ।

धेरै लामो समयको प्रतिक्षापछि अजिबोला ताईओ र ईडब्वोई आफ्ना छ बच्चाको अभिभाबक बन्न सफल भएका हुन । हुनत उनीहरुले गत नोभेम्बरमा अल्ट्रा-साऊण्ड परिक्षण गराएरै आफूहरु आमा-बाबु बन्नलागेको निर्क्यौल गरिसकेका थिए । अल्ट्रा-साऊण्ड परिक्षण गर्दा चार बच्चा भएका जानकारी पाएका थिए तर यथार्थमा ती आमाले लगातार छ बच्चाको जन्म दिईन । जे भएपनि यो क्षण उनीहरुको लागि सबैभन्दा खुशीको पल थियो ।

उनले तीन केटी र तीन केटा गरेर छ बच्चाको एक साथ जन्म दिएकी हुन । तीस हप्ता दुई दिन सम्म आमाको गर्भाशय पछि आकस्मीक अपरेशन गरेर ती छ बच्चाहरुको जन्म गराईएको थियो । तर दुःखलाग्दो कुरा सामान्यबच्चामा हुने तौल भन्दा धेरै कम तौल थियो यी बच्चामा । जन्मसमय छ मध्ये दुई बच्चाको स्वास्थ्य स्थिती झनै खराब थियो ।

तर अहिले सबै बच्चाहरु स्वस्थ्य छन र आफ्नो घर फर्किसकेका छन । धनकुटा खबरका लागि विष्णु विक्रम निरौलाद्वारा अनुवादित ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।