उत्तरकोरियाले बनायो विमान खसाउने हतियार, भन्योः हामीलाई आकाशमा कसैले थर्काउन सक्दैन

काठमाडौं, जेठ १४ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले एक नयाँ विमान खसाउने हतियार प्रणालीको परीक्षणको सुपरीवेक्षण गरेका छन् । उनले यो हतियारको व्यापक उत्पादन र देशव्यापी तैनाथीको पनि आदेश दिएका छन् ।उत्तरले अघिल्लो वर्षदेखि विभिन्न किसिमका हतियार प्रणालीहरू विकसित गरिरहेको छ । यसअन्तर्गत अमेरिका हान्न सकने लामो दूरीको क्षेप्यास्त्र पनि पर्छ ।

हालैका हप्ताहरूमा उसले मध्यमदूरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो र प्राविधिक प्रगति गरेको देखिएको छ ।उत्तरको सरकारी समाचार संस्था केसीएनएले नयाँ हतियारका कारण शत्रुको आकाश कब्जा गर्ने रणनीति विफल भएको र अब आफूलाई कसैले थर्काउन नसक्ने घमण्ड ग–यो ।

अमेरिकाले भने उत्तर कोरियामाथि आक्रमण गर्ने आफ्नो कुनै उद्देश्य नरहेको प्रस्ट पारेको छ । केसीएनएका अनुसार हतियार परीक्षणको निरीक्षणमा किमलाई उनका सैन्य सहयोगी तथा देशका तीन शीर्ष अधिकारीले साथ दिएका थिए ।
एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।