उत्तर कोरियाले फेरी गर्यो क्षेप्यास्त्र प्रक्षेपण, अमेरिकाले दियो यस्तो खतरनाक चेतावनी…

उत्तर कोरियाले फेरि क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । उत्तर कोरियाले यसै वर्षभित्र प्रक्षेपण गरेको यो ९ औं क्षेप्यास्त्र हो ।

उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट क्षेप्यास्त्र प्रक्षेपण गरेको र त्यो ४५० किलोमिटर टाढा पुगेर सी अफ जापानमा खसेको दक्षिण कोरियाका सैनिक अधिकारीहरुले बताएका छन् ।

उत्तर कोरियाको लगातारको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएको छ ।

पछिल्लो क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरियाका राष्ट्रपति मून जेइनले राष्ट्रिय सुरक्षा परिषदको आकस्मिक बैठक बोलाएका छन् । मूनले उत्तर कोरियासँग सैनिक द्वन्द्व हुने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाको गतिविधिप्रति आपत्ती जनाएका छन् । उनले उत्तर कोरियासँग एक्लै जुध्न अमेरिका तयार रहेको बताएका छन् ।

अमेरिकी रक्षामन्त्रीले आइतबार टेलिभिजन कुराकानीको क्रममा उत्तर कोरियाका कारण ठूलो द्वन्द्व निम्तिने चेतावनी दिएका छन् । उत्तर कोरियाको कारण दक्षिण कोरिया, जापान र रुससमेत खतरा परेको उनको भनाइ छ ।

जापानले पनि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणलाई ‘उत्तेजनात्मक गतिविधि’को संज्ञा दिएको छ र यो सह्य नहुने चेतावनी दिएको छ । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।