चलचित्र ‘दुस्साहस’ले गर्यो यस्तो साहस !
काठमाण्डौं, जेठ १६ । फाल्गुनन्द लिङ्देन फिल्मसको ब्यानरमा निर्माण अनि दिनेश लिङ्देन को निर्देशनमा बनेको नेपाली कथानक चलचित्र दुस्साहस ले आज सम्पूर्ण कलाकार अनि प्राबिधिकहरुलाई ‘मायाको चिनो’ प्रदान गरेर सम्मान गरेको छ ।

निर्देशक उदय शुब्बाको प्रमुख आतिथ्य मा बानेश्वर स्थित हट लिप्स रेस्टुरेन्ट मा एक कार्यक्रमको आयोजना गरेर सो कार्य गरिएको हो।
चलचित्र दुस्साहस मा गित शंकर अधिकारी घायल,संगीत बिकास चौधरी ,नृत्य जनक कार्की, श्रीङार इन्दु खत्री ,दन्द राजु किरात को रहेको छ भने निशा पोमो, सोम लामा,दिनेश शर्मा लगाएतका कलाकारको अभिनय रहेकोछ। चलचित्र दुस्साहस को सम्पुर्ण काम सकेर पहिला सिङापुर, हन्कङ ,मलेसिया पछि नेपाल मा चलाउने तयारी रहेको छ।



