यूरोपको च्यानलको ब्रेकिङ न्यूजमा शाहरुख खानको मृत्युको खबर ! आखिर के हो त वास्तविकता ? (हेर्नुस भिडियोसहित)

एजेन्सी। यूरोपको च्यानलले ब्रेकिङ न्यूजमा शाहरुख खानको मृत्युको खबर राखेर सबैलाई अचम्मित बनाइदिएको छ । यद्यपी, उक्त खबर झुटो साबित भयो ।

यूरोपियन न्यूज नेटवर्कको च्यानल एल पेसले ब्रेकिङ न्यूजमा शाहरुख खानको विमान दुर्घटनामा मृत्यु भएको भन्ने खबर प्रसारण गरेको छ । उनीलगायत अन्य सातजना एक प्राइभेट जेट गल्फस्ट्रीम G550 बाट पेरिस जाने क्रममा दुर्घटना भएको बताएको छ । दुर्घटना खराब मौसमका कारण भएको बताइएको छ ।

मुम्बई मिररको खबर अनुसार मुम्बईका ज्वाइन्ट कमिश्नर देवेन भारतीले शाहरुखको समूलाई फोन गर्दा शाहरुख पूर्ण रुपमा स्वस्थ भएको र मुम्बईमा सुटिङ भइरहेको जानकारी दिए ।रिपोर्टका अनुसार शाहरुखको मृत्युको खबर सार्वजनिक भएको यो पहिलो घटना भने होइन ।

त्यतिबेला उक्त खबर मुम्बईको आला अफिसरको ह्वाट्सएप ग्रुपमा पनि सार्वजनिक भएको थियो । स्मरण रहोस्, मंगलबार शाहरुख खान आफ्नो अपकमिङ फिल्मको सेटमा भएको एक दुर्घटनाबाट बचेका थिए । दुर्घटनामा अन्य सदस्य घाइते भएका थिए । हेर्नुस भिडियो:

https://youtu.be/1YoTbn9__NI



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।